२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एकको मृत्यु, एकजना घाइते



अ+ अ-

पर्वत। बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन् ।

उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ध१च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझी घाइते भएका प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । घाइतेको टाउको, निधार र छातीमा चोट लागेको भन्दै उनले माझीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको बताए । उनका अनुसार मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।