२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा चिनियाँ सांस्कृतिक प्रस्तुति- फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौंमा चिनियाँ बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा ‘द एसेन्स अफ फुरोङ एन्ड द एलिगेन्स अफ शु’ नामक सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा परराष्ट्र सचिब अमृत बहादुर राईले चीनसँगको ऐतिहासिक मित्रतालाई अझ मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘संस्कृति देशहरू जोड्ने एउटा बलियो माध्यम हो। आजको प्रस्तुति चीन९नेपाल सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिएको छु।’

कार्यक्रममा चीनका राजदूत चेन सोङले नेपाल -चीन सम्बन्धलाई गहिरो र दिगो बनाउन संस्कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले सांस्कृतिक आदानप्रदानले आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उनले भन्नुभयो ‘हामी संस्कृतिलाई पुलका रूपमा प्रयोग गरी दुई देशबीचको मित्रताको नयाँ अध्याय लेख्न चाहन्छौँ।’

नेपाल-चीन सम्बन्धको ७० औँ वार्षिकोत्सवको विशेष अवसरमा यस्ता कार्यक्रमहरूले जनस्तरमा आपसी सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास नेपाल स्थित चिनियाँ दूतावासले गरेको छ ।

 

 




भर्खरै