२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र, मुकेश र अनितालाई उपाधि



अ+ अ-

काठमाडौं। राजेन्द्र वज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रविन्द्र शाक्य, हरिप्रसाद खरेल र राम महर्जन सम्मिलित टोलीलाई २–१ ले पराजित गरे । इन्टरटेन्मेन्ट टेबलटेनिस टुर्नामेन्ट, ललितपुरद्वारा आयोजित प्रतियोगितामा किरण ब्यञ्जन्कार, डिकेन महर्जन र चिरीकाजी ब्यञ्जन्कार तेश्रो भए ।

पहिलो हुनेलाई थाइल्यान्डको ५ दिनको पूरा प्याकेज, दोश्रोलाई पोखराको ३ दिनको पूरा प्योकज र तेश्रोलाई होनर एक्स ५ मोबाइल पुरस्कार स्वरुप प्रदान गरिएको थियो । नख्खुस्थित बुल्स क्लबमा भएको एकदिने प्रतियोगितामा ४४ समूह १ सय ३२ खेलाडी सहभागी थिए । एक टिममा पुरुष÷महिला समावेश हुन पाउने गरी ३ खेलाडी राख्न पाउने प्रावधान थियो । टिममा ३ डबल्स खेल भएका थिए ।

विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका र महासचिव कुँवेर सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा आयोजक इन्टरटेन्मेन्टले १२ जना यु–१८ का खेलाडीलाई प्रोत्साहन स्वरुप करिब ८० हजार मुल्य बराबरको खेल सामाग्री प्रदान गरेको थियो ।