२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक रुद्रसेन विश्वकर्माको ‘दे दन प्यार गोरी’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ ।

यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् ।

गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद (भारत)ले गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुतिमा तयार भएको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । विशेष गरी भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमिल मनहरूमा विशेष प्रभाव पार्ने विश्वास गरिएको छ ।

हेर्नुहोस् भिडियो :

 




भर्खरै