२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए सञ्जाल ९० देशमा विस्तार



अ+ अ-

काठमाडौँ । सन् २००३ मा विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र पुँजीलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यसहित स्थापित गैरआवासीय नेपाली संघको सञ्जाल ९० देशमा विस्तार भएको छ।

बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार, सोलोभेनिया, माल्दोवा र क्रोएशियाका राष्ट्रिय समन्वय समितिहरू थपिएपछि संघको सञ्जाल ९० देशमा पुगेको हो। जोशीका अनुसार यसअघि गठन भएको गैरआवासीय नेपाली संघ रोमानियाको पुनर्गठन गरेर सक्रिय पारिएको छ।

गैरआवासीय नेपाली संघ यूरोप संयोजक चिरञ्जीवी खड्काले संघले युरोप क्षेत्रमा मात्र ४ वटा राष्ट्रिय समितिहरू थपेर २९ देशमा नयाँ शाखा स्थापना गरिएको बताए।

खड्काका अनुसार, गैरआवासीय नेपाली संघ (एनआरएनए) सोलोभेनियाको अध्यक्षमा वीरमान श्रेष्ठ चयन भएका छन्। ९ सदस्यीय राष्ट्रिय समितिमा उपाध्यक्षमा गुनाखर गैरे, महासचिवमा एकेश मर्हजन, सहसचिवमा श्रीकृष्ण रानाभाट, कोषाध्यक्षमा श्रीकृष्ण बहादुर थापा, सहकोषाध्यक्षमा बद्री ढुंगाना, सदस्यहरूमा सुश्री गिता बस्नेत, ध्रुव नारायण घिमिरे र कमल बस्नेत चयन भएका छन्।

यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्दोवाको अध्यक्ष गिरीश उप्रेती चयन भएका छन्। उपाध्यक्षमा एकता क्षेत्री, महासचिवमा द्रोण प्रसाद पौडेल, सचिवमा गृस्मा उप्रेती, कोषाध्यक्षमा मुकेश वेलवासे, सदस्यहरूमा सूर्य बहादुर खड्का, मानबहादुर परियार, रस्सु शाह, मधुसूदन पौडेल, रामलाल न्यौपाने तोकिएका छन्। यस्तै, एनआरएनए माल्दोवाको सल्लाहकारको रूपमा दुर्गा उप्रेती मनोनीत भएका छन्।

महासचिव जोशीका अनुसार, यसअघि स्थापना भएको गैरआवासीय नेपाली संघ रोमानियालाई पुनर्गठन गरिएको छ। पुनर्गठित समितिको अध्यक्षमा सुरेन्द्र गौतम, उपाध्यक्षमा माया तामाङ, फुसाङ्ग तामाङ, महासचिवमा युवराज लामिछाने, सचिवमा लक्ष्मण गिरी, लाम्का पेन्जिङ्ग लामा, कोषाध्यक्षमा कविर श्रेष्ठ, सहकोषाध्यक्षमा सुजता नेसुर, युवा संयोजक प्रकाश श्रेष्ठ, महिला संयोजक कुमारी जिरेल, सदस्यहरू कुमारी जिरेल, आकाश घले, दीपेश कोइराला, नेत्र बहादुर बस्नेत, शंकर भण्डारी र ओविराम केसी मनोनीत भएका छन्।

यस्तै, संघको क्रोएशिया राष्ट्रिय समितिको संयोजकमा गम्भीरनाथ योगी, सदस्यहरूमा कमला राई, प्रमीला तामाङ, गंगा राई, जुनुमाया बन्जङ्ग, सुक बहादुर तामाङ, विष्णु बिसी, विष्णुभक्त बिक, दीपक बहादुर चन्द र विकास राई मनोनीत भएका छन्।

खड्काका अनुसार, गैरआवासीय नेपाली संघ सोलोभाकिया राष्ट्रिय समितिको संयोजकमा जयप्रसाद सिवाकोटोलाई प्रस्ताव गरिएको छ। रासस