२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल च्याम्पियनसिप खेल्न स्वदेश आईपुगिन् ‘साम्बा’



अ+ अ-

काठमाडौँ । महिला फुटबल टोलिका फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपालका प्रमुख खेलाडी साम्बा सोमबार बिहान काठमाडौँ आईपुगेकी हुन् ।

फ्रान्सको पेरिसबाट स्वदेश आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन् ।

साम्बाले फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।

साम्बाले आजको खेल खेल्ने सम्भावना भने न्युन रहेको छ । उनलाई आजको खेलमा विश्राम दिइने प्रशिक्षक राजेन्द्र तामाङको तयारी छ ।

नेपालले पहिलो खेल आज किर्गिस्तानसँग खेल्नेछ । यो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ । यसअघि आजै म्यान्मार र लेबनानबीच दिउँसो २ बजेदेखि खेल हुने तालिका रहेको छ ।

काठमाडौँमा फेब्रुअरी २६ सम्म हुने यस प्रतियोगितामा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।