२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका लागि उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामै रोकियो



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर पोखरामै रोकिएको छ। बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको हेलिकप्टर खराब मौसमका कारण पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ। ‘मौसम सामान्य भएपछि जान्छौं, नभए फर्किनेबाहेक विकल्प रहेन,’ उनले भने।

बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।

टोलीमा गृहमन्त्रीसहित बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।