२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउँदै कामपा



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ््याउने काम भइरहेको हो ।

विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नं ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ । यसका लागि रु २९ करोड ४७ लाख ८८ हजार आठ सय ५९ लागत अनुमान गरिएको थियो ।

सम्पन्न भएका पाँच वटा योजनामार्फत १० हजार सात सय २९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । यसअन्तर्गत वडा नं ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार चार सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ । यसको लागत रु एक करोड २६ लाख ६० हजार हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार आठ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा विछ्याइसकिएको छ । यसको लागत रु एक करोड ५४ लाख ६८ हजार आठ सय हो ।

वडा नं २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत रु एक करोड ३६ लाख २९ हजार सात सय २७ रहेको छ । वडा नं २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा पाँच सय २० वर्गमिटर क्षेत्रमा रु ४४ लाख ८७ हजार ६ सयमा काम सम्पन्न भएको छ ।




भर्खरै