२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ । बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्राडा ब्रह्मदेव झालाई मनोनयन गरेको छ ।

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै पेस गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मत रुपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिनुभयो ।

उहाँले दीर्घकालीन र आर्थिक रुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट गर्नुभयो ।




भर्खरै