२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः रायनको शतकमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ । शुक्रबार कराँचीको नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले ब्याटिङ रोजेको थियो ।

टोलीले ६ विकेट गुमाएर ३१५ रन बनायो । जवाफमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाएर अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टनले शतक प्रहार गरे । उनी प्लेयर अफ दि म्याच समेत भए । एडेन मार्करामले ५२, टेम्बा बाभुमाले ५८ र रस्सी भान डेर डुसेनले ५२ रन बनाए । कागिसो रबाडाले ३ र लुंगी एनगिडीले २ विकेट लिए ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए । ब्याटिङका ​​क्रममा रहमत शाहले उत्कृष्ट प्रदर्शन गरे । ३८ रनमा २ विकेट खसेपछि उनी ब्याटिङमा आउनु परेको थियो । उनले एक छेउमा टोलीलाई ह्यान्डल गरे, तर अर्को छेउमा भने साथ पाएनन् । उनी ९० रन बनाएर अन्तिम ब्याट्सम्यानका रुपमा आउट भए ।

ठूलो लक्ष्यको अगाडि अफगानिस्तानले ५० रनमै ४ विकेट गुमाएको थियो । रहमानउल्लाह गुरबाज १०, इब्राहिम जाद्रान १७, सेदिकुल्लाह अटल १६ र कप्तान हसमतुल्लाह शाहिदी खाता खोल्नै नखोली आउट भए । खेलमा अफगानिस्तानका लागि खराब सुरुवात टर्निङ प्वाइन्ट साबित भयो ।

आजको खेलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन् । खेल पौने तीन बजे सुरु हुनेछ ।