२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानमा एक दम्पती शंकास्पद अवस्थामा मृत फेला



अ+ अ-

काठमाडौँ। प्युठानमा एक दम्पती शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षिय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियार आफ्नै घरमा मृत भेटिएका हुन् ।

राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि घटनास्थल पुगेका प्रहरीको टोलीले मृतक दम्पतीको शरीरमा चोट देखिएकाले घटना शंकास्पद रहेको बताएका छन् । दम्पतीको टाउकामा भारी चिजले प्रहार गरी विभत्स तरिकाले हत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले बताए ।

घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भईरहेको केसीले बताए ।