२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृतिका बुवासँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग टेलिफोन संवाद गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रकृतिका बुवा सुनिल लम्सालसँग कुराकानिमा गर्दै प्रकृतिको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घटनामा निष्पक्ष छानबिनको पहल भइरहेको बताउदै प्रधानमन्त्रीले सम्हालिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । सुरुवाती समयदेखि नै पहलकदमी लिएको छ ।’

प्रकृतिका बुवा सुनिलले पनि आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्ने बताएका छन् । उनले भने, ‘आगामी दिनमा यस्तो घटना सुन्न नपरोस् । दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल होस् ।’ त्यसपछि प्रधानमन्त्री ओलीले घटनालाई चासोपूर्वक हेरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले त्यस घटनाबारे निष्पक्ष छानबिनसहित र दोषीलाई कारबाही हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले लम्साल निवासमा पुगेर भेटघाट गरेका सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । सोहि क्रममा उनले लम्साल परिवारसँग प्रधानमन्त्रीको टेलिफोन गराएका थिए ।