२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीबाट बाहिरिएपछि रिजवानले भनेः हामी अझै कडा परिश्रम गर्नेछौं र फर्कनेछौं



अ+ अ-

एजेन्सी । पाकिस्तानका कप्तान मोहम्मद रिजवानले च्याम्पियन्स ट्रफीको सेमिफाइनलको रेसबाट टीम बाहिरिएको विषयमा स्पष्टीकरण दिएका छन् । उनले टोलीमा दुई खेलाडी साइम अयुब र फखर जमानको अनुपस्थिति मुख्य कारण रहेको बताए । दुवै चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए ।

अयुब प्रतियोगिता सुरु हुनुअघि नै खुट्टाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै, न्युजिल्याण्डविरुद्धको पहिलो खेलमा फखर घाइते भएका थिए ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तानले लिगको पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो । बिहीबार बंगलादेशसँगको अन्तिम लिग खेल वर्षाका कारण रद्द भएको थियो ।

रिजवानले बिहीबार रावलपिण्डीमा बंगलादेशविरुद्धको खेल रद्द भएपछि प्रसारकलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामी सबै धेरै निराश छौं । हामीबाट देशवासीले अपेक्षा गरेका थिए । हामीले राम्रो प्रदर्शन गर्न सकेनौं भन्ने स्वीकार गर्छौं । आशा छ हामी अझै कडा परिश्रम गर्नेछौं र फर्कनेछौं ।’

उनले साइम अयुब र फखर जमानको अनुपस्थितिले टोलीको सन्तुलन बिग्रिएको बताए । उनले भने, ‘दुवै खेलाडीले पछिल्लो केही महिनादेखि अस्ट्रेलिया, दक्षिण अफ्रिका र जिम्बाब्वेमा राम्रो प्रदर्शन गरिरहेका थिए । टोली सन्तुलित थियो। एक्कासी दुवै जना घाइते भए, जसका कारण टोलीलाई समस्या पर्यो ।’

यस्तै, रिजवानले घरेलु प्रतियोगितामा राम्रो ब्याकअपको तयारीका लागि सुधार गर्नुपर्ने बताए ।