२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा



अ+ अ-

भक्तपुर। आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुग्नुभयो बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाबागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ ले एक सय चार हप्ताको सफाइ अभियानका क्रममा आज बिहान अरनिको राजमार्ग सफाई कर्यक्रममा अभियन्ताको टोलीसँगै मन्त्री थापा पनि हातमा कुचो र डस्विन लिएर सफाइमा तल्लीन थिए।

कार्यक्रममा मन्त्री थापाले सडक सफाइमा स्थानीय तह र स्थानीयवासीलाई जिम्मेवार बनाइनुपर्ने बताउँदै सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न सकिने गरी भक्तपुरमा ट्रमा सेन्टर निर्माण गर्न लागेको बताए ।

उनले भने “अरनिको राजमामार्ग खण्डमा दुर्घटना भइरहन्छ । पूर्वबाट आउने सवारीसाधन दुर्घटना हुँदा सिधै काठमाडौँमा घाइतेलाई पुर्‍याउँदा ज्यान जोखिम हुन्छ, त्यसैले भक्तपुरमै एउटा ट्रमा सेन्टरको आवश्यकता रहेकाले राजमार्गमै सञ्चालित सूर्यविनायक नगर अस्पतालाई अब प्रदेश सरकारले ट्रमा सेन्टरका रुपमा विकास गर्ने भएको छ ।

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रुपमा स्तरोन्तति र विकास गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै उनले आउँदो आवमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए।

अभियानको चौथो चरणको स्वदायित्व बोध कार्यक्रम र सुरक्षित राजमार्गका लागि ट्राफिक कार्यालयको सहकार्यमा सडक र गाडीमा सुरक्षित सडक प्रयोगकाबारेमा जनचेतना फैलाइएको अभियन्ता नवराज काफ्लले जानकारी दिए ।

उनले एक सय चार हप्तासम्म अभियान सञ्चालन भइरहेको जानकारी दिँदै चाँगुनारायण नगरपालिकामा पनि यो अभियान सञ्चालन गरिएको बताए । उनले ट्राफिकसँग मिलेर सडक दुर्घटना न्यूनीकरण अभियानसमेत सँगसँगै चलाइएको बताए।रासस




भर्खरै