२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको छ । आज काठमाडौँमा उक्त महाअभियानको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले विभिन्न महत्वपूर्ण व्यक्ति, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र सङ्गीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।

लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटनाजस्ता अपराधहरू वृद्धि गराइरहेकाले यसविरुद्ध अभियानमा सबैको सहकार्य आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

यसको न्यूनीकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासका साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानका रूपमा लागुऔषध विरुद्ध लड्न जरुरी रहेको गृहमन्त्री लेखकले बताउनुभयो ।

गृहसचिव गोकर्णमणि दुवाडीले लागुऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै प्रमुख समस्याका रूपमा देखा परेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकार भएका पक्ष, समाज र नागरिको साथ, सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याका रूपमा देखापरेको लागुऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गइरहेकाले यसको न्यूनीकरण जरुरी रहेको बताउनुभयो ।

उहाँले समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समूह एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागिताले यस महाअभियानको प्रभावकारिता र गुणस्तरियता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताउनुभयो । रासस