२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको जंगलमा दुईजना पुरुषको शव भेटियो



अ+ अ-

कैलाली । धनगढीको एक सामुदायिक वनमा दुई जना युवा मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना मृत फेला परेका हुन् ।

चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा र रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए । चौधरीको शवको करिब १५ मिटर पर रानाको शव फेला परेको उनले बताए ।

दुबैजनाको शब मुचुल्का गरेर उठाईएको डीएसपी बोहोराले बताए । शव पोस्टमार्टमका लागि पठाउन लागिएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।