२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको महामारीमा पनि राजस्व संकलन उत्साहजनक



अ+ अ-

काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा कर राजस्वबापत ६४ अर्ब ८२ करोड ७० लाख रुपैयाँ उठेको छ । यसैगरी, गैरकर राजस्वबापत २ अर्ब ३६ करोड ५० लाख रुपैयाँ उठेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुसार अहिलेसम्म कुल ६ दशमलव ६४ प्रतिशत राजस्व संकलन भएको हो । सोमबारसम्म सरकारले कर राजस्वतर्फ ७ दशमलव १० प्रतिशत र गैरकरतर्फ २ दशमलव ३९ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सो जानकारी गराएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्र सरकारले विभिन्न निकायबाट कुल ५८ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्वतर्फ ५६ अर्ब ५५ करोड रुपैयाँ र गैरकर राजस्वतर्फबाट २ अर्ब २६ करोड रुपैयाँ उठाउन सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयले विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमा नै अवरोध पु(याएको अवस्था र ११ चैतदेखि गरिएको लकडाउनबीच सबै व्यवसाय धराशायी भएको बेलामा पनि यसरी राजस्व उठ्नु उत्साहजनक भएको बताएको छ । आन्तरिक राजस्व विभागले पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुरूपकै राजस्व संकलन भएको जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले विभागले पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यअनुरूपकै राजस्व उठाएको बताए । उनले साउनमा करिब ३५ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताए । भदौको पहिलो साता सोमबारसम्म ३ अर्ब राजस्व संकलन भएको भन्दै उनले अहिलेसम्मको अवस्था उत्साहजनक नै भएको बताए । कोरोना महामारीकै कारण सरकारले अहिले खर्च नगरेकाले सरकारी खाता भने बचतमा देखिएको छ । विगतका वर्षहरूमा पनि आर्थिक वर्षको सुरुवाती महिनामा खासै खर्च हुँदैनथ्यो । अहिले कोरोना प्रभावका कारण विकास खर्च हुने सम्भावना न्यून छ ।

सोमबारसम्मको तथ्यांकअनुसार जम्मा ४ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ मात्र खर्च भएको छ । यसैबीच गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र सबैभन्दा धेरै १ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले जानकारी गराएअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा ७ खर्ब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असार मसान्तसम्ममा कुल ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

कोरोना भाइरस प्रभावको कारण गत वर्ष नै रेमिट्यान्स अत्याधिक घट्ने अनुमान भए पनि विप्रेषण आप्रवाह रेमिट्यान्समा जम्मा शून्य दशमलव ५ प्रतिशतले मात्र गिरावट आएको थियो । गत आर्थिक वर्षमा झन्डै ९ खर्बको रेमिट्यान्स भित्रिएको र कोरोना महामारीकै कारण विकास खर्च नभएकाले अहिले सरकारी ढुकुटी भने बचतमै देखिएको महालेखाले जनाएको छ । राजधानी दैनिक