२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार झमक घिमिरेमा थपियो नसाको रोग, उपचारमा समस्या



अ+ अ-

धनकुटा । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई नशाको समस्या थपिएको छ । उहाँलाई उपचारमा समेत समस्या थपिएको छ ।

धनकुटाको कचिडेमा जन्मिएकी ४४ वर्षीया साहित्यकार घिमिरेका दुइटै हात र खुट्टा चल्दैनन् । उहाँ बोल्न सक्नुहुन्न । जन्मजात मष्तिष्क पक्षघातबाट पीडित घिमिरेले देब्रेखुट्टाका दुई औंलाको सहारामा लेखेकामध्ये १४ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । उहाँको आत्मकथा जीवन काँडा कि फूल ले २०६८ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो ।

शारीरिक असक्तताका बीच नै उहाँले आफूलाई सशक्त लेखक बनाउनुभयो । तर यति बेला उहाँको स्वास्थ्य प्रतिकूलता थप जटिल बन्दै गएको छ । बिमारीले च्याप्दै लगेपछि उहाँले लेख्न सक्नुभएको छैन् भने दैनिक हेरचाह र उपचारमा समेत समस्या थपिँदै गएको छ ।

अध्ययन र लेखनको कामबाट कहिल्यै नथाक्ने उहाँमा पुरानो रोग छँदै थियो, अहिले नसाको समस्या थपिएको छ । नियमित बाहेक उहाँमा बारम्बार आकस्मिक र फरक स्वास्थ्य समस्या देखिन थालेका छन् ।

सरकारले झमक घिमिरेका लागि काठमाडौंको गोठाटारमा घर बनाइदिएको थियो । तर उहाँ त्यो घरमा लामो समय बस्न सक्नुभएन । झमकका लागि सरकारले उपलब्ध गराउने मासिक २५ हजार रुपैयाँ निर्वाह भत्ता र पुस्तक बिक्री बापत केही रकम प्राप्त हुन्छ । त्यसैले उहाँको दैनिकी, औषधि र उपचार चलेको छ ।

झमक अहिले धनकुटाको कचिडेस्थित घरमा आमाबाबु र बहिनीका साथमा हुनुहुन्छ । ८१ वर्षीय बाबु कृष्णबहादुर घिमिरे पक्षघातले थलिनुभएको छ । सडक दुर्घटनापछि आमा आशादेवी सजिलो गरी हिँड्न सक्नुहुन्न । झमकका भाइ वैदेशिक रोजगारीको बाध्यताले टाढिएको धेरै भयो । झमकलाई यति बेला थप हेरचाह र उपचार आवश्यक छ ।