२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर मोहम्मद सिराज र माहिरा शर्मा प्रेम सम्बन्धमा ?



अ+ अ-

एजेन्सी । बिग बोस १३ की प्रतियोगी माहिरा शर्माको भारतीय क्रिकेटर मोहम्मद सिराजसँग प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ ।

सन् २०२३ मा पनि सिराज र माहिरा डेट गरिरहेका थिए भन्ने हल्ला फैलिएको थियो । यसपछि नोभेम्बर २०२४ मा सिराजले माहिराको एउटा इन्स्टाग्राम तस्विर लाइक गरे, जसले दुवैको सम्बन्धमा रहेको हल्लालाई थप तीव्र बनायो ।

बिग बोस फेम स्टार माहिराले भने सिराजसँगको डेटिङको हल्लामाथि मौन धारण गर्दै आएकी छिन् । हालै फिल्मी ज्ञानसँगको एक अन्तर्वार्तामा माहिरालाई सिराजसँगको सम्बन्धको बारेमा सोध्दा उनले भनिन्, ‘म कसैलाई डेट गरिरहेकी छैन । म यस्तो खबरमा केही प्रतिक्रिया दिन चाहन्नँ । मेरो नाम को स्टारसँग पनि जोडिइरहेको हुन्छ। जसलाई म कन्ट्रोल गर्न सक्दिनँ ।’

माहिरा नागिन ३, राराडुआ रिटर्न्स र बिग बोस १३ बाट चर्चामा आएकी थिइन् । उनले यसअघि बिग बोस १३ का सह(प्रतियोगी पारस छाबडासँग डेट गरेकी थिइन् । करिब दुई वर्ष पहिला उनीहरूको ब्रेकअपको खबर बाहिरिएको थियो ।




भर्खरै