२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर इलाहाबादियालाई पोडकास्ट सुरु गर्न अनुमति



अ+ अ-

एजेन्सी । युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट ‘द रणवीर सो’ पुनः सुरु गर्न अनुमति दिएको छ । सर्वोच्च अदालतले पोडकास्ट सुरु गर्न अनुमति दिँदै आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा नदेखाउन सर्त राखेको छ ।

समय रैनाको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ मा आमाबाबुमाथि गरिएको अपमानजनक टिप्पणीको विवाद पछि उनीविरुद्ध एफआईआर दायर गरिएको थियो । त्यसपछि सेलिब्रेटीहरूले उनको पोडकास्ट ‘द रणवीर सो’ मा आउन अस्वीकार गरेका थिए ।

रणवीरले सर्वोच्च अदालतमा निवेदन दायर गर्दै आफूविरुद्ध दर्ता भइरहेको एफआईआर र पक्राउ रोक्न माग गरेका थिए । फेब्रुअरी १८ मा अदालतले उक्त निवेदनमा अन्तरिम आदेश दिँदै गिरफ्तारीलाई रोक लगाउँदै अर्को आदेश नभएसम्म कुनै पनि कार्यक्रम नगर्न भनेको थियो ।

अदालतले रणवीरमाथि तीन सर्त राखेको छ । अदालतले उनीसँग कार्यक्रमको क्रममा इलाहाबाद अदालतमा चलिरहेको मुद्दाको बारेमा कुनै टिप्पणी गर्न नपाउने, देश छोड्न नपाउने र सबै उमेरसमुहकाले हेर्न मिल्ने गरी कार्यक्रमहरू बनाउनुपर्ने शर्त राखेको छ ।




भर्खरै