१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माणको राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज (सोमबार) देखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको छ ।

प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको हो । तीन दिन सम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्र्थापना कार्यबाट प्राप्त गरेका अनुभव र सिकाइहरु आदान प्रदान हुने छ । कार्यक्रमको शुभारम्भ गदैं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणका अधिकांश कामहरु सम्पन्न गरेको बताउनुभयो । सात लाख ९० हजार भन्दा बढी निजी घरहरुको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा हाल सम्म ७६ प्रतिशत अर्थात ६ लाख भन्दा बढी घरहरु पुनर्निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले ८८ प्रतिशत घरहरुको दोस्रोचरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताउनुभयो । त्यस्तै ४ हजार ८ सय २९ घरहरुमध्ये अधिकांशलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो । ७ हजार ५ सय ५३ विद्यालय मध्ये ७५ प्रतिशतको पुननिर्माण सम्पन्न भएसकेको पनि उहाँले बताउनुभयो । त्यस्तै सामुदायिक भवन, सांस्कृतिक सम्पदाहरु, स्वास्थ्य संस्था लगायतका संरचनाहरुको पुनर्निमाण पनि सन्तोसजनक रहेको ज्ञवालीले बताउनुभयो । उहाँले पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धी एवं कमीकमजोरीहरुबारे परिसंवादमा समिक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । 

प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसको तयारीका लागि भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गरेको प्राधिकरणले बताएको छ । परिसंवादमा पुनर्निर्माण र पुनस्र्थापनाका ६ वटा विषयगत क्षेत्रहरु निजी अवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्रहरु प्रस्तुत हुनेछन् । कार्यक्रममा प्राधिकरणका अधिकारीहरु, विभिन्न सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि र कार्यपत्र प्रस्तोताहरु सहभागी भएका छन् । कार्यक्रम भदौ ११ गतेसम्म चल्ने छ ।