२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको भन्दै माओवादी केन्द्रको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य  अंक दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले कार्यकारी निर्देशक निर्देशक घिसिङलाई पटक पटक स्पष्टिकरण सोधिएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले घिसिङले प्राधिकरणलाई नाफा लैजान मुख्य भुमिका खेलेको उल्लेख गर्दै सरकार हात धोएर पछि परेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसले सधैं रकम उठाउने कुरा जो गरिरहनुभएको छ । त्यो करम उठाउने कुरामा पनि रोकावट बारम्बार जो आइरहेको छ । सरकारले यस्तो नगरियोस् । यसका लागि हामी सरकारलाई रुलिङ गर्न समेत अनुरोध गर्न चाहन्छौं ।’

उहाँले सरकारले उद्योगहरुको वक्यौता उठाउन समेत रोक लगाइरहेको भन्दै त्यसको गर्न नदिन सभामुखसँग रुलिङको माग गर्नुभयो ।