१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न आग्रह



अ+ अ-

कास्की । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा एकले अर्कालाई  सहयोग गर्नुपर्ने बताउँदै मानवीयताको भावनाका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग अरुका लागि पनि आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । 

कोरोनाबाट सङ्क्रमित हुने र निको हुनेक्रम निरन्तर चलिरहेको भन्दै उहाँले यसका नाममा टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख गर्नुभयो ।     विश्वमा ठूलो पदधारण गरेका व्यक्ति पनि सङ्क्रमित भई निको भएर घर फर्केको उल्लेख गर्दै उहाँले यसले ठूलो वा सानो केही नभन्ने हुँदा घरमा सुरक्षित रुपमा बस्न पनि सबैमा अनुरोध गर्नुभयो ।