२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार रक्षकले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्छः अध्यक्ष मगर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार रक्षकहरुको हक अधिकार संरक्षण गर्न र उनीहरुले प्रभावकारी रुपमा आफ्नो कार्य सम्पादन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि राज्यले आवश्यक कानूनी प्रवन्ध गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मानव अधिकार रक्षकहरुको संवद्र्धन, सुरक्षा, उनीहरुको भुमिकालाई अझ प्रभावकारी बनाउन नेपालको संविधानमा व्यवस्था गरेका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ प्रतिको नेपालको प्रतिवद्धता र नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अभिसन्धी १९६६ अनुमोदन समेतबाट हाम्रो मुलुक मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको सवालमा जिम्मेवार रहेको कुरामा दुई मत नरहेको बताउनु भयो । मानव अधिकार रक्षकहरुको संरक्षण र संवद्र्धनको लागि मानव अधिकार रक्षको अधिकारका लागि संयुक्त राष्ट्रसंघको घोषणाा पत्र १९९८ को घरेलुकरण गर्न ढिला गरिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव अधिकार रक्षकहरुको संवद्र्धन, सुरक्षा, उनीहरुको भुमिकालाई अझ प्रभावकारी बनाउन नेपालको संविधानमा व्यवस्था गरेका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ प्रतिको नेपालको प्रतिवद्धता र नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अभिसन्धी १९६६ अनुमोदन समेतबाट हाम्रो मुलुक मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको सवालमा जिम्मेवार रहेको कुरामा दुई मत छैन । मानव अधिकार रक्षकहरुको संरक्षण र संवद्र्धनको लागि मानव अधिकार रक्षको अधिकारका लागि संयुक्त राष्ट्रसंघको घोषणाा पत्र १९९८ को घरेलुकरण गर्न ढिला गरिनु हुँदैन । मानव अधिकार रक्षकहरुको हक अधिकार संरक्षण गर्न र उनीहरुले प्रभावकारी रुपमा आफ्नो कार्य सम्पादन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि राज्यले आवश्यक कानूनी प्रवन्ध गर्न आवश्यक छ ।’

अध्यक्ष मगरले मानव अधिकार रक्षक तथा नागरिक समाज संस्थाहरुले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने र विचार तथा अभिव्यक्तिका माध्यमलाई संकुचित बनाइनु नहुने बताउनु भयो ।