२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भई उपचारको क्रममा २०८० पुस १० गते मृत्यु भएको घटनामा वारदात पश्चात फरार रहेका उद्धवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।