१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ वर्षमा फिनल्यान्डकाे प्रधानमन्त्री, मरिन् अब पार्टी अध्यक्ष पनि



अ+ अ-

हेल्सिन्की:  फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन हुनु भएको छ ।

फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उहाँ पहिलो महिला हुनुहुन्छ ।

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो । उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो ।

हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहनु भएको छ ।

उहाँले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनु भएको थियो । फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिनुभएको थियो, र उहाँको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन् ।

मरिनको आठ महिने सरकारको अधिकाँश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ । उहाँले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यलाई लिएर देशभित्र निकै प्रशंसा बटुल्नु भएको छ । फिनल्यान्डमा हालसम्म ३३४ जनाको मृत्यु भएको छ ।

सोसल डेमोक्र्याट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो ।

पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो ।

हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ ।