२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर अर्यालको कविता



अ+ अ-

नेपाली नागरिक हामी
समझदारी गरौँ अब
कोरोना महामारीमा
संवेदनशील बनौँ अझ

कोरोना रोगको बेला
देश नै छ विपत्तिमा
हामी छौँ सब आक्रान्त
जनता जति घरमा

निस्कन कोही मिल्दैन
सक्दछ रोग लागन
स्वास्थ्यकर्मी सहारा छन्
कसैलाई रोग लागेमा

स्वास्थ्य कर्मी नि मानिस हुन्
उनीलाइ नि रोग लाग्दछ
उनका नि परिवार छन्
सबको माया लाग्दछ

तैपनि ती डटेका छन्
आफ्ना कर्तव्य मार्गमा
‌नगरी आफ्नो पर्वाह
दिनरात अस्पतालमा

सबले माया गर्नु पर्छ
उत्साह दिनुपर्दछ
घृणा हेला गर्ने होइन
संमान गर्नु पर्दछ

नभए अस्पतालैमा
डाक्टर र नर्स ता
उपचार कसरि हुन्छ
बुझिदिउँ यति ता कुरा

सारा अभावका बीच
खटिएका छन् उनीहरु
स्वास्थ्य कर्मी नभइ हुन्न
ठिक हुन्नन् बिरामीहरु

त्यसैले नगरौँ गाली
प्रोत्साहन हामीले गरौँ
उपचार गर्नेलाई
संमान हामीले दिउँ