१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश राणाको अभियान



अ+ अ-

काठमाडौं । न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता छानबिन गर्न गठन भएको समितिले पूर्व अध्ययन प्रतिवेदनहरुको समेत अध्ययन गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोेलेन्द्रशमशेर राणाले न्यायपालीका सुधार अभियान अन्तरगत समिति गठन गर्नुभएको थियो ।  

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमिततासँगै पूर्व अध्ययन प्रतिवेदनहरुको समेत अध्ययन गरी प्रतिवेदन पेश गर्ने भएको हो ।

सर्वोच्चले न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता र विचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायका सम्बन्धमा अध्ययन गरी प्रतिवदेन पेश गर्न समिति गठन भएको थियो । 

समितिले पूर्व अध्ययन प्रतिवेदन सुझावहरुको अध्ययन गरी पालिकामा हुन सक्ने विकृति, विसंगति, नियमितता, भ्रष्टाचार र विचौलियाबाट हुन सक्ने क्रियाकलापहरु रोक्न कानूनी, संरचनागत र उपयुक्त उपायसहितको प्रतिवेदन पेश गर्ने सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बताउनुभयो ।

समितिले अध्ययन प्रतिवेदनका सुझावहरु कार्यान्वयनका लागि जिम्मेवारीसहितको कार्ययोजना प्रस्ताव गर्ने उहाँले बताउनुभयो । 

यसअघि पनि सर्वोच्चले २०६६ र २०७२ सालमा समिति गठन गरेको थियो । ती समितिहरुले दिएका सुझावहरु अहिले कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो । विगतमा आन्तरिक रुपमा गठन भएका समितिहरु भन्दा अहिले गठन भएको समितिमा सबैको प्रतिनिधित्व रहेको उहाँले बताउनुभयो ।

 समितिले विगतका अध्ययन प्रतिवेदनहरुलाई समयाअनुकुल पुनरावलोकन गर्दे कार्यान्वयनका लागि सिफारिस गर्ने उहाँले बताउनुभयो ।

समितिमा सर्र्वेोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत, न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्का र सर्वोच्चका रजिस्ट्रार सदस्य रहेका छन । 

यस्तै महान्यायधिवक्ताले तोकेको नायव महान्यायाधिवक्रा, नेपाल बार एशोसिएशनका महासचिव, सर्वोच्च अदालत बार एशोसिएशनका सचिव सदस्य र सर्वोच्च अदालत प्रशासन महाशाखाका प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

समितिको कार्यावधि ३ महिना तोकिएको छ । सो समयमा काम सम्पन्न हुन सक्ने अवस्था नभएमा समय थप गर्न सकिने व्यवस्था  पनि गरिएको छ । सर्वोच्चले चैत ७ गतेदेखि असार मसान्तसम्म २५ सय मुद्दा फछ्र्यौट गरेको उहाँले बताउनुभयो ।