१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधाना गरी मनाउँदै



अ+ अ-

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी आर्थात ऋषि पञ्चमी नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधाना गरी मनाउँदैछन् । 

महिलाहरुले विहानै नदी, खोला, तलाउमा पुगेर ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने र गाईको गोबर, माटो र खरानीबाट स्नान गरी शुद्ध हुने गर्दछन् । त्यसपछि अरन्धतीसहित अत्रि, गौतम, भारद्धाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको छ । रजस्वलाको अवस्थामा छाइछुई भएको भए ऋषि पञ्चमीको दिन पूजा आराधाना गर्दा मुक्ति पाइने धार्मिक विश्वास रहेकाले यस दिन महिलाहरुले विशेष पूजाआराधना गर्दछन । 

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तरपनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपतयकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् । 

प्रशासनले पनि बिहानै देखि बागमती, मनोहरा, विष्णुमती लगायतका नदीहरुमा स्नानका लागि भीड जम्मा हुन नदिने व्यवस्था मिलाएको छ । तरपनि महिलाहरु नदी र खोला किनारमा पुगेर स्नान गरेका छन् ।
आजको दिन ऋषिको पूजा आराधना सम्पन्न गरिसकेपछि टुसा उम्रेका अन्न कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्ने पनि प्रचलन रहेको छ ।