१९ असार २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्ग आश्रमलाई सहयोग



अ+ अ-

काठमाडौँ । वोधिसत्व विहारले तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीस्थित रहेको अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । गन्तव्य नेपालको सहकार्यमा विहारले २५ अपाङ्ग बालबालिकालाई आश्रय दिएको इप्सा नेपाललाई नगदसहित खाद्य सामग्री सहयोग गरेको हो ।  बोधिसत्व विहार मानव सेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । सो विहारले अपाङ्ग आश्रममा नगद रु ५० हजार, २५० किलोग्राम चामल, ३० किलोग्राम दाल, ३० किलोग्राम गेडागुडी, १० किलोग्राम चिनी, दुई किलोग्राम मसलालगायतका सामग्री सहयोग गरेको छ । 

कार्यक्रममा विहारका सुप्रिम मास्टर हेगुवाङ शीले लकडाउन पूर्ण रूपमा अन्त्य नहुन्जेल संस्थामा आश्रय लिइरहेका सबैको खानपिनको सम्पूर्ण जिम्मा आफूले लिनेसमेत बताएका छन्। गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले अपाङ्ग आश्रममा शौचालय र वाथरुमको असुविधा रहेकाले उक्त मर्मतका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  

विहारले बन्दाबन्दीको समयमा हालसम्म नेपालका विभिन्न भागमा पुगेर चार लाखभन्दा बढी व्यक्तिलाई खाना खुवाइसकेको विहार लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्माले बताए। यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।