८ असार २०८३, सोमबार
,
Latest
मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्ती संरक्षणका लागि तटबन्धन



अ+ अ-

ढोरपाटन, (बागलुङ) । बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास विभागबाट विनियोजित रू ५० लाखको लगानीमा तटबन्धन गर्न थालिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । नदी कटान रोक्नका लागि चालु आर्थिक वर्षमा गलकोट नगरपालिका–१, ३, ६ र ११ का बस्ती संरक्षण गर्न थालिएको उहाँको भनाइ छ ।

तटबन्धनको लागि उपभोक्ता समितिमार्फत काम तीव्र गतिमा भइरहेको भण्डारीले बताउनुभयो । हिउँदमा पानीको बहाव कम हुँदा जोखिम नभए पनि बर्खामा खोला बढेर बस्तीमा पस्ने समस्या भएपछि तटबन्धन गर्न ताथिएको उहाँ बताउनुहुन्छ । गलकोट नगरको बजार क्षेत्र नदी किनारमा रहेको हुँदा कटान हुने जोखिम रहेको भण्डारीको भनाइ छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “गलकोट क्षेत्रमा धेरै खोलानाला छन्, यी खोलाहरूले बर्खामा बस्तीनै जोखिममा पार्ने गरेका छन्, नगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमा कटान रोक्नका लागि तटबन्धन गर्दै आएका छौँ, यस वर्ष पनि पचास लाखको लगानीमा तटबन्धनको काम धमाधम भइरहेको छ, तटबन्धनले बस्ती संरक्षण हुनेछ ।”

अहिले गलकोट नगरपालिका–३ मा ३५ मिटर, वडा नम्बर ४ मा २७ मिटर, वडा नम्वर ६ मा ५६ मिटर, वडा नम्वर ११ मा ४४ मिटर तटबन्धन निर्माण भइरहेको तटबन्धन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । खोलाको उच्च जोखिम भएको ठाउँलाई प्राथमिकता दिएर तटबन्धनको काम गरिरहेको उहाँको भनाइ छ ।