२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो । बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु सल्बलाइरहेको भन्दै गणतन्त्रका बिरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरुलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भयो ।

उहाँले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निस्कर्ष पार्टीको रहेको बताउनु भयो । प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान परिस्थितिका बारेमा लामो छलफल भयो । कतिपय पार्टीका आन्तरिक सवालहरुमा छलफल भयो । यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु जुन ढंगले सल्बलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका बिरुद्धमा षड्यन्त्र भइरहेका छन् । त्यसका विषयमा अलि लामो बहस र छलफल भयो । यो गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र हो ।

पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन र त्यस्ता गतिविधिको बिरुद्धमा हामी छौँ । यस्ता गतिविधिका बिरुद्धमा एकतावद्ध हुन, संविधान, गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरुले आत्मसमिक्षा गर्नुपर्छ, प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्नुपर्छ भन्ने निस्कर्ष छ ।

प्रतिगमनकारी शक्तिहरुको बिरोध गर्दै सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु, गणतन्त्रवादी जनसमुदायलाई गणतन्त्रको रक्षाको लागि एकतावद्ध हुने निर्णय भएको छ । रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउँदैछौँ, आन्दोलनको पक्षमा उभिन र आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्ने निर्णय गरेका छौँ । चैत्र १ गते वृहत पत्रकार सम्मेलनमार्फत आन्दोलनको रुपरेखा प्रश्तुत गर्ने निर्णय भएको छ ।’

बैठकले रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउने र आन्दोलनको रुपरेखाबारे जानकारी दिन चैत्र १ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।