२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा क्रिप्टोकरेन्सी सम्बन्धी गतिविधिमा संलग्न पाँच जना पक्राउ



अ+ अ-

पोखरा। कास्की प्रहरीले पहिलो पटक क्रिप्टोकरेन्सी प्रयोग र अनलाइन जुवा सञ्चालनमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूलाई गत फागुन २३ गते पोखरा–१४, अनुपम टोलबाट पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्ति अनलाइनमार्फत अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्दै जुवा खेलाउने कार्यमा संलग्न थिए। नेपालमा क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन जुवा गैरकानुनी मानिन्छ।

पक्राउ पर्नेमा पर्वतको जलजला स्थायी घर भई हाल पोखरा अनुपम टोल बस्ने वर्ष ३१ का  रुपेन्द्र जिसी,  म्याग्दीको बेनी घर भई पोखरा हबेलीमार्ग बस्ने ३३ वर्षीय विक्रम बानिया, सोही ठाउँ स्थायी घर भई अनुपम मार्ग बस्ने २२ वर्षीय सञ्जन घिमिरे, म्याग्दीको रघुङ्गा घर भई पोखरा अनुपम मार्ग बस्ने १९ वर्षीय रोजन केसी र सोही ठाउँ स्थायी घर भएर पोखरा चाउथे बस्ने २८ वर्षीय सन्दीप कटवाल छन्।

उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा अनुसन्धान अगाडि बढेको एसपी ओलियाले बताउनुभयो। ओलियाका अनुसार अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भएको छ। क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा÷सट्टाबाजीमा प्रयोग गरिएको भनिएका विभिन्न इलेक्ट्रोनिक डिभाइस प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेको ५ जना नातेदार हुन् भने उनीहरूले ३० करोडसम्मको कारोबार गरेको प्रहरीले अनुमान गरेको छ। प्रहरीले कम्प्युटर, मोबाइल, ल्यापटप, पेनड्राइभ, आइप्याड लगायतका डिभाइस पक्राउ गरेको हो।

प्रहरीका अनुसार १० वर्षदेखि अमेरिकामा बस्दै आएका आइटी इन्जियिनर रुपेन्द्र जिसी केही समय अघि नेपाल आएको र उनकै योजनामा अनलाइनबाट जुवा खेलाउने गरिएको हो। तीन सिफ्टमा अनलाइन मार्फत जुवा खेलाउने गरिएको अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले जानकारी दिएको हो।