२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमिल अभिनेता विजयविरुद्ध मुद्दा दर्ता



अ+ अ-

एजेन्सी । तमिल अभिनेताबाट राजनीतिज्ञ बनेका थालापथी विजयविरुद्ध चेन्नईमा एफआईआर दर्ता भएको छ । उनीमाथि मुस्लिम समुदायको अपमान गरेको आरोप लागेको छ ।

हालै थालपथी विजयले पवित्र रमजान महिनाको सुरुमा इफ्तार पार्टी आयोजना गरेका थिए । यस अवधिमा उनले मुस्लिम समुदायसँग इफ्तार मात्र गरेनन्, आफैं एक दिन रोजा पनि राखेका थिए ।

यो पार्टीका तस्विरहरु सामाजिक सञ्जालमा पनि भाइरल भएका छन् । एकातिर धेरैले विजयको यो कदमको तारिफ गरेका छन् । तर, धेरैले उनको आलोचना पनि गरेका छन् । यति मात्र होइन, उनको फिल्म बहिष्कार गर्न पनि माग गरिएको छ ।

न्यूज १८ का अनुसार, यस मामिलामा अब थालापथी विजयविरुद्ध तमिलनाडु सुन्ना जमातको तर्फबाट चेन्नई पुलिस कमिश्नरको कार्यालयमा इफ्तारको समयमा मुस्लिम समुदायको भावनामा चोट पुर्‍याएको आरोपमा उजुरी दर्ता गरिएको छ ।

तमिलनाडु सुन्नत जमात कोषाध्यक्ष सैयद कौसले भने कि इफ्तार कार्यक्रममा केही व्यक्तिहरू पनि उपस्थित थिए जसको न उपवास र इस्लामिक अभ्यासहरूसँग कुनै सम्बन्ध थियो। यसमा मादक र गुण्डाहरू पनि परेका थिए । जसका कारण मुस्लिम समुदायको पवित्रताको अपमान भएको छ ।

उनले यस्ता घटना दोहोरिन नदिन कानुनी कारबाही आवश्यक रहेको बताए । उनले आफूले आफ्नो प्रवर्द्धनका लागि यो गुनासो नभई आगामी कार्यमा आफ्नो इज्जत र प्रतिष्ठा कायम राख्न यो गुनासो गरेको पनि स्पष्ट पारेका छन् ।

थालपथी विजय छिट्टै ‘जननायकन’ मा देखिदैछन् । यो चलचित्रलाई एच विनोथले निर्देशन गर्दैछन् । यस फिल्ममा पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियमणी लगायतका धेरै स्टार देखिनेछन् ।