२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकमाथि गहिराइमा पुगेर रचनात्मक ढंगले अध्ययन गरौँः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रुपले छलफल गुर्नपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक–८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताउनु भयो । उहाँले सरकारले ल्याएको विधेयक निरंकुस नभएको जिकिर गर्दै अध्यादेश भित्रको विषय बस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो । उहाँले विषय वस्तुमाथि द्वन्द्वात्मक रुपले बुझ्ने क्षमता प्रतिपक्षहरुसँग नभएको अरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जब हामीसँग एउटा आग्रह हुन्छ, आग्रहले हाम्रो सोचाइको क्षितिजलाई एकदमै साँघुरो बनाउँछ । माननीय ज्यूहरुले आग्रह राखेर बोली रहनुभएको छ । अध्यादेश भन्ने बित्तिकै कुनै निरंकुश चिज हो भन्ने हिसाबले व्याख्या गर्नुभएको छ । यो उहाँको एकाङ्की विचार हो भन्ने लाग्छ मलाई । अध्यादेशभित्र के कुरा छ र यो के कारणले ल्याइयो भन्ने कुरा गहिराइमा गएर अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ र छलफल गर्नुपर्छ भन्ने लाग्छ मलाई । सत्ता पक्षले अध्यादेश ल्याउने बित्तिकै प्रतिपक्षले त्यसको विरोध गर्नुपर्ने । हामी विषय वस्तुको लामो छलफलमा गइरहेका छैनौँ । हामी आग्रह पोख्छौँ, भ्रमको खेती गछौँ यहाँ । रचनात्मक रुपले सोच्ने, छलफल गर्ने, द्वन्द्वात्मक रुपले बुझ्ने कुराको धेरै अभाव देख्छु ।’

मन्त्री गुरुङले सुशासन प्रवद्र्धन गर्नु आजको सबैभन्दा सबैको साझा उद्देश्य र दायित्य भएको बताउनु भयो । प्रतिस्थापन गर्न बनेको विधेयकहरुको विरोध हुनु वैचारिक र सैद्धान्तिक रुपले गलत भएको उहाँको भनाइ छ । –




भर्खरै