२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रकवि घिमिरेको आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने



अ+ अ-

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान  १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ। यतिबेला राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्।घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साझ आफ्नै निवासमा निधन भएको हो।

उनी गत असोजमा  १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो। राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए। नेपाल समाचारपत्र दैनिक