२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ



अ+ अ-

एजेन्सी। युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएर २५ वर्षयताकै उच्च भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ।

सङ्गठनले सङ्क्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिएको छ। गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना दर्ता भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो।

रोमानिया र कजाखस्तानमा क्रमशः ३० हजार ६९२ र २८ हजार १४७ जनामा सङ्क्रमण देखिएको थियो। डब्लूएचओका अनुसार युरोपका आधाभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ भने ४० प्रतिशत घटनामा पाँच वर्षमुनिका बालबालिका रहेका छन्।

डब्लुएचओका युरोप निर्देशक हान्स क्लुजले भने, “दादुरा फेरि आएको छ र खोपको उच्च दर बिना यसको प्रकोपबाट सुरक्षा हुँदैन। यो एक जागृत आह्वान हो।” उहाँले खोप नलगाएका र नपाएका समुदायको सुरक्षाका लागि खोप अभियानलाई तीव्रता दिन आग्रह गरेका छन्।

सन् २०२३ मा यस क्षेत्रका पाँच लाख बालबालिकाले खोपको पहिलो मात्रा पाएका थिएनन्।क्लुजले भने, “खोपको उच्च दर बिना स्वास्थ्य सुरक्षा हुँदैन।” दादुरा अत्यधिक सङ्क्रामक हुन्छ, यो श्वासप्रश्वासमार्फत फैलिन्छ र सङ्क्रमित व्यक्तिले कुनै क्षेत्र छोडेको दुई घण्टासम्म हावामा रहन्छ। ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या दादुराको मुख्य लक्षण हो र यसले निमोनिया, मस्तिष्कको सूजन र मृत्युजस्ता गम्भीर जटिलताहरू पनि निम्त्याउन सक्छ।

सन् २०२४ मा विश्वमा दादुराका एक तिहाइ बिरामी युरोपमा देखिएका थिए। सन् १९९७ मा दुई लाख १६ हजार सङ्क्रमित भएपछि युरोपमा दादुराको प्रकोप ह्वात्तै घटेको थियो र सन् २०१६ मा यो सङ्ख्या चार हजार ४४० पुगेको थियो।

सन् २०१८ र २०१९ मा यो रोग फेरि बढेको र कोभिड–१९ को महामारीका बेला खोप अभियान रोकिएपछि सन् २०२३ देखि सङ्क्रमितको दरमा उल्लेख्य वृद्धि भएको छ।रासस/एएफपी




भर्खरै