२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ । सांसद सूर्य थापाले उक्त स्मृतिग्रन्थ आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । उहाँले ग्रन्थले प्यूठानको इतिहासलाई उजागर गरेको बताउनुभयो ।

भक्तिराम उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै सांसद थापाले उहाँले देखाएको मार्गदर्शनमा सबै लाग्नुपर्ने बताउनुभयो । प्यूठान शिक्षित र जागृत समाज रहेको उल्लेख गर्दै भक्तिराम जस्ता अन्य व्यक्तिबारे पनि संस्मरण ग्रन्थ लेख्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

कृषि विकास बैंकका उपमहाप्रबन्धक मीनराज पोखरेलले भक्तिरामले प्यूठानको शिक्षा क्षेत्रमा पु¥याएको योगदान सराहनीय रहेको चर्चा गर्नुभयो । कार्यक्रममा भक्तिरामका छोरा हरिप्रसाद पोखरेलले बुवाले गरेको योगदानबारे जानकारी गराउन ग्रन्थ प्रकाशित गरिएको बताउनुभयो । ग्रन्थका सम्पादक जीवराम भट्टराईले ग्रन्थ युवा पुस्ताका लागि मार्गदर्शन बन्ने विश्वास व्यक्त गर्नुभयो ।

ग्रन्थमा ९८ जना व्यक्तिले भक्तिरामको बारेमा लेख्नुभएको छ । प्यूठान ओखरकोटमा जन्मिनुभएका भक्तिरामले तत्कालीन बिपी कोइरालाको नेतृत्वमा सञ्चालित विसं २००७ को क्रान्तिमा सक्रिय सहभागिता जनाउनुभएको उहाँका छोरा हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बाल शिक्षा माध्यामिक विद्यालय, पूर्वविद्यार्थी समाजले ग्रन्थ प्रकाशन गरेको हो ।रासस