२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस (बिपी) कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



अ+ अ-

गण्डकी । देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति बढिरहेको भन्दै पार्टीको जिल्ला कार्यसमिति कास्कीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकार मुलुकमा उत्पन्न भएको गम्भीर समस्यामा ध्यान नदिई नागरिकप्रति उत्तरदायित्व बहन गर्नुको साटो कोरोना महामारीबाट ग्रसित जनतालाई महँगी र कर वृद्धिको भार थोपर्नुमा व्यस्त रहेको सभापति चन्द्रबहादुर रानाभाटले आरोप लगाए ।
    
राष्ट्रिय मुद्दामा समेत सरकार दिन प्रतिदिन गैरजिम्मेवार बन्दै गइरहेको भन्दै ज्ञापनपत्रमा पार्टीले सात बुँदे माग अघि सारेको छ । मागमा भारत तथा अन्य मुलुकबाट आउने नेपालीका निमित्त सातवटै प्रदेशमा प्रतिजग्गामा अस्थायी दश हजार मानिस बस्ने क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । महिला र पुरुषका लागि  खाने, बस्ने र शौचालयलगायतको छुट्टाछुट्टै व्यवस्था हुनुपर्ने भन्दै पार्टीले उनीहरुको पिसिआर परीक्षणलगायतको सम्पूर्ण खर्च सरकारले व्यवस्थापन गर्नुपर्ने भनेको छ ।
    
सङ्क्रमितको उपचारका लागि अनिवार्यरूपमा सहज ढङ्गले डाक्टर, नर्सको व्यवस्थासँगै उनीहरू स्वास्थ्य सुरक्षा, सामग्रीको उपलब्धता एवं बीमाको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । त्यस्तै अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीका निमित्त स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्थापनलगायतका विषयलाई ज्ञापनपत्रमा उल्लेख छ ।