१५ असार २०८३, सोमबार
,
Latest
रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय



अ+ अ-

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नागरिकको हितका लागि कोषहरुको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताउनु भयो । उहाँले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरामा कोषले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकको हितका लागि यसको लगानीलाई उत्पादनशिल क्षेत्रमा कसरी अघि बढाउने, नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरा पनि राख्नुभएको छ । कोषको कार्यदिशा त्यही दिशामा हुनुपर्छ । सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्ग निर्देशक र प्रेरणादायी दिनको रुपमा आजको दिन हुनेछ ।’

नागरिक लगानी कोषका अध्यक्ष डा।सूर्यबहादुर थापाले चालु आ।व।को पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरुको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताउनु भयो । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको बताउनु भयो । कृषि,पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बिस्तर गर्नेतर्फ कोष अग्रसर रहेको बताउनु भयो ।

कोषको कार्य सम्पादन वृद्धिका लागि उच्च योगदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी वक्ताहरुले आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसकेसम्म देशमा दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।