२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस मुख्य सचेतक घिमिरेले ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति माफी मागे



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागेका छ्न ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले तीन दिनअघिको आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना मागेका हुन् ।

उनले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा देशको विकासका लागि यौन व्यवसाय र गँजा वैधानिक रूपमा खुलाउनुपर्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ ।’

घिमिरेले उक्त धारण पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणा रहेको बताउदै क्षमा याचना मागेका हुन् । उनले भने, ‘यही चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद्को हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु ।’