२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमालेको प्रस्ताव वामदेव एकीकृत समाजवादीमा नजाओस् भनेर रहेछ’



अ+ अ-

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उहाँको भनाइ छ । उहाँले अब तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने समेत बताउनु भयो । उहाँले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो । निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो । त्यही बेलामा एमालेबाट प्रश्ताव आयो । त्यो प्रश्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रैछ । अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं ।’

जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उहाँको भनाइ छ ।