१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा ‘लाइपजिग’



अ+ अ-

लिस्बन । आरबी लाइपजिग बिहीबार आफ्नो क्लब इतिहासमा पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । उसले यसका लागि अनुभवी एटलेटिको म्याड्रिडलाई २–१ ले स्तब्ध पार्‍यो ।

अमेरिकी मिडफिल्डर टेलर एड्म्सले ८८औं मिनेटमा निर्णायक गोल गरे । उनको प्रहार एटलेटिको डिफेन्डर स्टेफान साभिचबाट ‘डिफ्लेक्ट’ भएको थियो । जर्मन टिमले स्पेनी फरवार्ड डानी ओल्मोको गोलले अग्रता लिएको थियो ।

त्यसपछि जाओ फेलिक्सले पेनाल्टीबाट बराबरी गोल फर्काए । सन् २०१४ र २०१६ को उपविजेता एटलेटिकोले खेलको अन्त्यतिर रक्षात्मक भएर खेलेको थियो र यो महँगो सावित भयो ।