२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन्ः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरुमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताउनु भयो । उहाँले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताउनु भयो । व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाल–चीनको सिमानमा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरु पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु । सोही बमोजिक चीनसँग सीमा जोडिएको जिल्लाका नेपाली नागरिकहरुलाई चीन आवगमन गर्न अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचका १४ नाकाहरु मध्ये उरैभञ्ज्याङ, बझाङरहेको छ । सो नाका सुचारु गर्न सम्बन्धित निकायहरुसँग समन्वय एवं कुटनीति तवरमा पहल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रुपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताउनु भयो ।