२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट निर्माणमा राष्ट्रिय योजना आयोगको भूमिका बढाउनुपर्नेमा सांसदहरुको जोड



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । बजेट निर्माणका सवालमा राष्ट्रिय योजना आयोगको भूमिका बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि संशोधनसहित सहभागि भएका सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

संसदमा बजेटमाथिको छलफल कम्तिमा पनि तीन महिना कायम हुनुपर्ने समेत उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बजेटमा सबैलाई समेट्ने व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बजेट निर्माणमा राष्ट्रिय योजना आयोग र प्रदेशको नीति तथा योजना आयोगले भूमिका खेलेको जस्तो नदिएकोले भूमिका बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले बजेट निर्माणमा राष्ट्रिय योजनाको भूमिका बढाउन सुझाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले ल्याउने बजेट सबैको सहभागिता हुनेगरी आयो भने यो बजेट राम्रो हुन्छ । केन्द्रको राष्ट्रिय योजना आयोग र प्रदेशको नीति तथा योजना आयोगले खासै भूमिका खेलेजस्तो देखिदैन । पहिले योजना आयोगले सबै मन्त्रालयको बजेटको खाका जसरि दिने गरेको थियो अहिले त्यो अर्थ मन्त्रालयमा राखिएको छ । अहिले पनि राष्ट्रिय योजना आयोगलाई अलि जिम्मेवार बनाउने हो कि भन्ने मेरो सुझाव हो ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेट प्रश्तुत गर्ने महिना र गतेको समयसिमा संविधानले नै तोकेको भएपनि समयमै निकाश नपाउने समस्या विद्यमान रहेको बताउनु भयो । बजेट तर्जुमा प्रक्रियाका समयसिमा तथा कार्यक्रम तर्जुमा सम्बन्धी व्यवस्थालाई बलियो बनाउनुपर्नेमा उहाँको जोड छ । बजेटका सिद्धान्त र आयोजना नीति र कार्यक्रम वार्शिक बजेटको सिमासम्म जोडिएका पक्षहरुलाई समयमै सम्पन्न गरि आर्थिक दायित्व पुरा गरि सुशासन कायम गर्ने कुरामा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘प्रत्येक वर्षको राजश्व र व्ययको अनुमान अर्थात बजेट प्रश्तुत गर्ने महिना र गतेको समयसिमा हाम्रो संविधानले नै तोकेको हुनाले बजेट समयमै संसदमा प्रश्तुत हुने संवैधानि व्यवस्था भएतापनि त्यपछि बजेट समयमै पारित हुनु अथवा निकाश नपाउँदा समस्या हुने गरेको छ । बजेट तर्जुमा प्रक्रियाका समयसिमा तथा कार्यक्रम तर्जुमा सम्बन्धी व्यवस्थालाई बलियो बनाउनुपर्ने कुरामा हाम्रो दलले जोड दिन्छ । समयमै बजेटका सिद्धान्त र आयोजना नीति र कार्यक्रम वार्शिक बजेटको सिमासम्म जोडिएका पक्षहरुलाई समयमै सम्पन्न गरि आर्थिक दायित्व पुरा गरि सुशासन कायम गर्ने कुरामा हामीले जोड दिन्छौं ।’

नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले योजना आयोग, संसद र संसदीय समितिको भूमिकालाई संकुचित गर्ने ढंगले विधेयक आएको टिप्पणी गर्नुभयो । उहाँले बजेटको छलफल पर्याप्त नहुने र सांसदहरुले दिएका सुझावहरुलाई नसमेट्ने स्थिति विगतका दिनमा समेत व्यहोरेको उल्लेख गर्दै अगामि दिनमा त्यसो हुन नदिनेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । पुँजीगत खर्च समेत बढाउन नसकिएको कारण विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक योजना आयोगको भूमिकालाई संकुचित गर्ने र संसद र संसदीय समितिको भूमिकालाई संकुचित गर्ने ढंगले नै यो विधेयक आएको छ । त्यसलाई हटाइयोस् भन्न्े कुरा राख्न चाहन्छु । बजेटको छलफल प्रयाप्त नहुने र हामीले राखेका छलफलहरु र सुझावहरुलाई नसमेट्ने स्थिति विगतका दिनमा हामीले व्यहोरेका छौं । त्यस्तो स्थिति नबनोस् । पुँजीगत खर्च पनि बढाउनुपर्नेछ । रातो कितावमा समावेश भएका योजनाहरु कार्यान्वयन गर्न सकिरहेको अवस्था छैन । यो व्यवस्था हटाउनु पर्छ ।’

संशोधन राख्ने अधिकांश सांसदहरुले बजेटमाथिको छलफल गर्ने समयसिमा तीन महिना कायम गर्नुपर्ने र योजना आयोगलाई थप जिम्मेवार बनाउनेगरी विधेयक ल्याउनुपर्ने बताउनु भयो ।




भर्खरै