२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको “गिरिजाप्रसाद र लोकतन्त्र” विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो, “जहिले जहिले मुलुक अप्ठ्यारोमा परेको छ, त्यसबेला नेपाली कांग्रेसले नै विभिन्न घटना क्रमको अगुवाइ गरेको छ र सफल भएको छ ।”

उहाँले कांग्रेस कुनै दलको पछि लाग्न नहुने बताउनुभयो । कांग्रेसले आगामी रणनीति बनाएर अन्य दललाई मिलाएर अगाडि लैजान सक्नुपर्ने बताउँदै उहाँले उक्त क्षमता नेपाली कांग्रेसमा रहेको धारणा राख्नुभयो ।

सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्दा आफूहरूलाई कुनै आपत्ति नभएको बताउँदै उहाँले कांग्रेस र सरकारलाई खबरदारी गर्नु प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले कृषि, हाइड्रोपावर, पर्यटन र डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समृद्धि हुने जिकिर गर्नुभयो ।रासस




भर्खरै