२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसहित एक व्यक्ति पक्राउ



अ+ अ-

रसुवा। अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा आज पक्राउ परेका छन् ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, आँैठीसमेतका गहना र टुक्रा सुनसमेत लुकाइछिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्तीटोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताउनुभयो । रासस