१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा



अ+ अ-

सल्यान । लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिराको उच्च जोखिममा  छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र  विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले बगाउँदा परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । वर्षासँंगै आएको पहिराका कारण ग्रामीण सडक र  विद्यालयमा समेत क्षति पुगेको बताइएको छ । “अहिले पनि वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरुलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने । 

पहिराले दार्मा गाउँपालिकाका नौ  घर तथा तीन  विद्यालयमा समेत क्षति पुर्याएको केसीले जानकारी दिए । “पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तर पनि आर्थिक रुपमा भने साढे २ करोडभन्दा बढीको क्षति पुर्याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन”, अध्यक्ष केसीले भने । पहिराले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पु¥याएको अध्यक्षको भनाइ छ । गाउँपालिकाले पहिराका कारण विस्थापित परिवारलाई आपत्कालीन राहत वितरण गरेको छ ।“हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलब्ध गराएका छौंँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, केसीले भने । 

ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन् । गाउँपालिकाभित्रका विद्यालयमा समेत पहिराले क्षति पुर्याएका कारण मर्मतसम्भार नगरेर विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।  पहिराका कारण गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकामा यातायातका साधन चल्न सकेका छैनन् । गाउँपालिका जोड्ने मुख्य सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने गाउँपालिकाले जनाएको छ । पहिराका कारण ठाउँठाउँमा पहिरो गएको र वर्षात्का कारण पुनः पहिरो आउने भएकाले तत्काल ग्रामीण सडक सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।