२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

समय रैनाको भारत भ्रमणमा लेटेन्ट विवादको प्रभाव, फ्यानलाई टिकटको पैसा फिर्ता गर्ने



अ+ अ-

एजेन्सी । ‘इण्डियाज गट लेटेन्ट’ शोमा अभिभावकमाथि गरेको अश्लील टिप्पणीको मुद्दामा पक्राउ परेपछि समय  रैनाको समस्या बढ्दै गएको देखिन्छ ।

हालै हास्यकलाकारलाई साइबर सेलले तेस्रो पटक बोलाएको छ । यसअघि पनि उनलाई दुई पटक बोलाइए पनि उनी हाजिर नभएको खबर छ ।

अहिले विवादका बीच रैनाले केही समयका लागि भारतमा हुने आफ्ना सबै शो रद्द गरेका छन् ।

रैनाले आफ्नो इन्स्टाग्रामबाट घोषणा गरेका छन्– ‘नमस्ते साथीहरू, म मेरो सबै भारत भ्रमणहरू पुनः तालिका गर्दैछु । तपाईं सबैले चाँडै रिफन्ड पाउनुहुनेछ, छिट्टै भेटौंला ।’

एएनआई रिपोर्टका अनुसार समय रैना आफ्नो बयान रेकर्ड गर्न मार्च १९ मा साइबर सेलमा हाजिर हुने थियो तर उनी हाजिर भएनन् । अहिले उनलाई साइबर सेलले तेस्रो समन पठाएको छ । समय आफ्नो बयान लिन मार्च २४ मा पुग्नुपर्नेछ ।

केही समयअघि समय रैनाले आफ्नो युट्युब च्यानलमा इन्डियाज गट लेटेन्ट शो सुरु गरेका थिए । डार्क कमेडीका कारण यो शो युवामाझ निकै लोकप्रिय बनेको थियो र शोको सब्सक्राइबर ७३ लाखभन्दा बढी पुगेको थियो ।

यस शोको नयाँ एपिसोड फेब्रुअरी ८ मा स्ट्रिम गरिएको थियो, जसको जज प्यानलमा समय रैना, अपूर्व माखिजा, रणवीर इलाहाबादिया जस्ता व्यक्तिहरू थिए ।

रणवीर इलाहाबादियाले शोमा अभिभावकलाई लिएर एक लाइन भनेका थिए जसका कारण शो विवादमा परेको थियो । प्यानल र कार्यक्रमसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध धेरै ठाउँमा उजुरी परेको थियो ।




भर्खरै