१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरजिल्ला सवारी पास नदिन गृहमन्त्रालयको निर्देशन



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले बिहिबारबाट सवारी पास बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ । गृहले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र  सवारी पास जारी नगर्न निर्देशन दिएको हो । 

कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गर्ने निर्णय गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए। 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेको थियो। अति आवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्दथ्यो।तर गृहले अर्को व्यवस्था जारी नभएसम्मका लागि भन्दै पास जारी नगर्न भनेको हो।